कोरोना अपडेट : थपिए ९ हजार १९६ जना संक्रमित, ५० जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, १७ : १४
कोरोना अपडेट : थपिए ९ हजार १९६ जना संक्रमित, ५० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा २ हजार ९०५ जना निको भएका छन् ।

कुल २० हजार ४ सय ८२ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ । शुक्रवार मात्रै २ हजार ९ सय ५ जना संक्रमित उपचारपछि निको भएका छन् ।

यससँगै मुलुकभर २ लाख ९५ हजार ३ सय ९५ जना संक्रमित निको भएका छन् । निको भएको दर ७८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा ५० जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । 

मन्त्रालयका अनुसार हाल ३ सय ८० जना क्वारेन्टीनमा रहेका छन् ।