बाँकेमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, ०९ : २८
बाँकेमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

नेपालगंज । बाँकेमा थप ११ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये ९ जना बाँकेका र एक–एक जना बर्दिया र कैलालीका रहेका छन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बिहीबार बेलुकी र शुक्रबार बिहान गरी ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ। उनीहरूको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजलगायतमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस