कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या

पत्रपत्रिकाबाट

शुक्रबार, २४ बैशाख २०७८, ०८ : ५२
कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या

टिकापुर । डडेल्धुराकी कोरोना संक्रमित एक महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भयो। उनका आफन्तले दाहसंस्कारका लागि शव गाउँ लैजान खोजे। आफन्तले जतिसुकै प्रयास गरेपनि शव लिन पाएनन्। मलिाको शव लैजानका लागि कोरोना संक्रमितको शव बोक्न दिनभरि गाडि खोजेपनि पाइएन।

आफन्तले एम्बुलेन्स र शवबाहन पनि पाएनन्। अनेकौं प्रयास गर्दा पनि शव लैजान सम्भव नभएपछि आफन्त जिल्ला प्रशासन कार्यालय कैलालीको जिम्मामा शव छाडेर फर्कन बाध्य भए। जिल्ला प्रशासन कार्यालयले जिल्ला संकट व्यवस्थापन केन्द्र मार्फत ती महिलाको गोदावरी नदीमा दाहसंस्कार गरिदियो। महिलाका आफन्तले अन्तिम संस्कार समेत हेर्न पाएनन्।

टीकापुर अस्पतालमा जानकी गाउँपालिकाकी अर्की एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो। उनका आफन्तले पनि शव अन्तिम संस्कारका लागि लैजान खोजे। शव बोक्न कोही तयार भएनन्। उनीहरूले स्थानीय सरकारका रूपमा रहेको गाउँपालिकामा गुहार मागे। गाउँपालिका अध्यक्ष प्रदिप चौधरीले शवबाहन प्रयोग गर्न जवाफ फर्काए।

टीकापुर अस्पतालले शववाहन कोरोना संक्रमितको शव बोक्न प्रयोग नगर्ने निर्णय भएको आफन्तलाई जवाफ दियो। उनीहरूले टीकापुर नगरपालिकालाई गुहारे। धेरै हारगुहार गरेपछि नगरपालिकाले टिप्पर उपलब्ध गरायो। हारगुहार गर्दासम्म १२ घन्टा बितिसकेको थियो। त्यसबेलासम्म उक्त शव अस्पतालको शवगृहमा राखियो। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस