आजको मौसम : अधिकांश स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, ०८ : ३८
आजको मौसम : अधिकांश स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशको मौसममा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र र बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । जसका कारण देशभर आँशिकदेखि सामान्य बदली रहेको छ । 

शुक्रबार दिनभर देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान रहेको छ । यस्तै देशका केही स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

यस्तै राति देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस