काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजार घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४७ अंकले घटेर २ हजार ६ सय ३७ दशमलव १३ अंकमा झरेको छ ।
नेप्से परिसूचक घटे पनि बुधबारको तुलनामा बिहीबार सेयर कारोबार रकममा भने सुधार देखिएको छ । दिनभर भएका ८० हजार १४१ कारोबारबाट २१६ कम्पनीका १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँ पुगेको छ । बुधबार ६ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ बैशाख २०७८, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से