चितवनमा कोरोना संक्रमित एक युवाले गरे झुण्डिएर आत्महत्या

सफल खबर संवाददाता

विहीबार, २३ बैशाख २०७८, ११ : २८
चितवनमा कोरोना संक्रमित एक युवाले गरे झुण्डिएर आत्महत्या

चितवन । कोरोना संक्रमित एक युवाले चितवनमा झुण्डिएर आत्महत्या गरेका छन् ।  चितवन माडी नगरपालिका ३ बस्ने ३५ वर्षीय युवाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय माडीका अनुसार ती व्यक्ति भारतमा आफन्तको विवाहमा गएर १५ वैशाखमा घर फर्केका थिए । त्यसपछि उनी झाडापखालाले ग्रस्त बनेका थिए ।

झाडापखालाले झन गाँज्दै गएपछि स्वाब परीक्षण गर्दा हिजो उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । रिपोर्ट थाहा पाएपछि उनी होम आइसोलेसनमा बसेका थिए । भालिपल्टै उनले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान र शवको व्यवस्थापन थालिएको जनाइएको छ ।

यसअघि रुपन्देहीको अस्थायी कोभिड अस्पतालमा गोरखाका कोरोना संक्रमित एक युवाले पनि अस्पतालमै झुण्डिएर आत्महत्या गरेका थिए । 

प्रतिक्रिया दिनुहोस