रेकर्ड ब्रेक : २४ घन्टामा  ८ हजार ६५९ जनामा कोरोना संक्रमण, ५८ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, १६ : ३२
रेकर्ड ब्रेक : २४ घन्टामा  ८ हजार ६५९ जनामा कोरोना संक्रमण, ५८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८ हजार ६ सय ५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको छ