काठमाडौं । काठमाडौँ उपत्यकामा दैनिक कोरोनाका सङ्क्रमित बढ्दै जाँदा उपत्यकाका दुई महानगरपालिकाले विशेष सावधानी अपनाउन थालेका छन् ।
दैनिक परीक्षणबाट देखिने कुल सङ्क्रमितको ५० प्रतिशत सङ्क्रमित काठमाडौँ उपत्यकाका देखिन थालेपछि काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि विशेष सावधानी अपनाउन थालेका हुन् ।
काठमाडौँ सङ्घीय राजधानी भएकाले कोरोना कुनै पनि बेला भयावह हुन सक्नेप्रति केन्द्रित हुँदै दुवै महानगरपालिकाले पूर्वतयारी स्वरूप कोरोना रोकथामका कार्य गर्न थालेका हुन् ।
सरकारले घोषणा गरेको निषेधाज्ञा पूर्ण रूपमा पालना गर्न नागरिकलाई सचेत गर्ने, अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कने, निस्कनै पर्ने भए पनि मास्क, सेनिटाइजर र सामाजिक दूरी कायम गर्नेलगायतका स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई सचेत पार्ने कार्य गरेका छन् ।
दुवै महानगरपालिकामा बाक्लो बस्ती भएकाले भीडभाड गर्दा कोरोना सर्न सक्ने भएकाले दुवै महानगरपालिकाले सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ बैशाख २०७८, ०८ : २२
लेखकबाट थप