कतार सरकारद्वारा १४ जना नेपालीलाई आममाफी दिने घोषणा

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १७ : ०५
कतार सरकारद्वारा १४ जना नेपालीलाई आममाफी दिने घोषणा

दोहा । विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको छ ।रमादान पर्वको अवसरमा कतार सरकारले उक्त निर्णय गरेको दोहास्थित नेपाली नियोगद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

Yeti Diistillery Tansen Cement box

कोरोना संक्रमणलाई समेत मध्यनजर गरी नेपाली कैदीबन्दीको रिहाइका लागि सरकारले कतार सरकारलाई आग्रह गरेको थियो ।आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकाहरुसँग दूतावासले समन्वय गर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।