अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपछि त्रिभुवन विमानस्थलमा यात्रुको भिड

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १६ : ३१
अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपछि त्रिभुवन विमानस्थलमा यात्रुको भिड

काठमाडौं । सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर जानेहरुको भिड बढेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ ।

Yeti Diistillery Tansen Cement box

संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाई उडान सुचारु थियो । आन्तरिकतर्फको सम्पूर्ण उडान मंगलबारबाट बन्द गरिएको छ भने अन्तर्राष्ट्रिय उडान बिहीबारदेखि रोकिंदैछ ।

अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि नेपाल छोडेर जानेको भिड विमानस्थलमा बढेको हो । बिहीबारदेखि उडान तालिका भएका विमान कम्पनीहरुले पनि तालिका संशोधन गरेर अगाडि नै यात्रु उडाउन लागेका छन् ।

कोरोनाको संक्रमण झन बढ्दै गएपछि सरकारले आवागमनको सम्पूर्ण गतिविधि रोक्ने तयारी गरेको छ । वैशाख १६ गतेदेखि एक हप्ताको लागि जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा पुनः एक हप्ता थपिएको छ । काठमाडौं उपत्यकाबाहिर पनि ४० बढी जिल्लामा निषेधाज्ञा लगाइएको छ ।