मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १६ : ११
मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना

काठमाडौं । मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना लगाउने निर्णय भएको छ । मंगलबार बसेको तीनैवटा सीडीओ कार्यालयहरुको बैठकले अत्यावश्यक कामबिना घरबाट बाहिर निस्कनेलाई जरिवाना र कानुनी कार्वाही गर्ने निर्णय गरेको हो ।

बिनाकाम घरबाट बाहिर निस्कनेलाई संक्रामक रोग ऐनअनुसार कार्वाही गर्ने निर्णय भएको छ । विभिन्न बहानामा मनपरी हिँड्ने, मर्निङ र इभिनिङ वाकमा निस्कने प्रवृत्ति देखिएकाले यस्तो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस