बुटवलमा थप एकजना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १४ : ४५
बुटवलमा थप एकजना संक्रमितको मृत्यु

बुटवल । बुटवलको धागो कारखाना स्थित कोरोना विशेष अस्तालमा उपचाररत थप  जनाको मृत्यु भएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।उनका अनुसार कपिलबस्तुको वाणगंगा नगरपालिका–७ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बैशाख १७ गते कोरोना पोजेटिभ रिपोर्ट आएका ती पुरुष सोही दिन लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ । सैनामैना –१ मुर्धानीका ३२ वर्षिय युवाको पनि  मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएपछि सो अस्पतालमा उपचारर गर्दै आएका थिए । उपचारको क्रममा  मृत्यु  भएको  डा. गौतमले बताए ।