झापा । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए ।
मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षको थिए । भारतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङ ठाकुरलाई लागेको थियो ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २१ बैशाख २०७८, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरहाजिर २० जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका
चितवनमा दुर्घटना तथा चोरीका घटना बढेपछि प्रहरी चेकजाँच कडा