वाणिज्य बैंकहरुको प्रतिफल आधा घट्यो

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, ०८ : ०४
वाणिज्य बैंकहरुको प्रतिफल आधा घट्यो

काठमाडौं । लगानीकर्ताका लागि आकर्षक क्षेत्र मानिएको वाणिज्य बैंकहरुको प्रतिफल घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको तिव्र प्रतिस्पर्धा, कडा नियमन तथा पछिल्लो समयमा विविध कारणले व्यवसाय विस्तारमा अवरोधका कारण बैंकका लगानीकर्ताहरुले पाउने प्रतिफल घट्दै गएको हो ।

१२ वर्षअघि बैंकहरुको पुँजीको प्रतिफल रिटर्न अन इक्विटी औसत २७ प्रतिशत भन्दा बढी रहेकोमा हाल १४ प्रतिशतमा झरेको छ । सन् २००९ मा वाणिज्य बैंकहरुको रिटर्न अन इक्विटी औसतमा २७.५१ प्रतिशत थियो । २०२१ अप्रिलमा आइपुग्दा बैंकहरुको प्रतिफल औसतमा १३.८१ प्रतिशतमा झरेको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल बैंकका लगानीकर्ताहरुको प्रतिफल निरन्तर घटिरहेको बताउँछन् । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस