आजको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, ०७ : ५३
आजको मौसम कस्तो रहला ?

काठमाडौं । मंगलबार प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

यस्तै प्रदेश २, लुम्विनी र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

यस्तै राति देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ।  देशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । 

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस