वैशाख २३ गतेदेखि वैदेशिक रोजगारीमा जाने बाटो बन्द

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १५ : ५०
वैशाख २३ गतेदेखि वैदेशिक रोजगारीमा जाने बाटो बन्द

काठमाडौं । वैशाख २३ गतेदेखि वैदेशिक रोजगारीमा जानेहरु रोकिने भएका छन् । सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि भिसा लागिसकेका श्रमिक पनि रोकिने भएका हुन् ।

यसअघि २०७६ चैतमा सरकारले लकडाउन गर्दा पनि श्रमिकहरु विदेश जानबाट रोकिएका थिए । सरकारले २०७७ असारपछि मात्रै श्रमिकलाई विदेश जान श्रम स्वीकृति दिन थालेको थियो ।

सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि विदमा आएका श्रमिकहरु पनि वैशाख मसान्तसम्म यतै रोकिने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस