रूपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी ६ जनाको मृत्यु अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
रुपन्देहीको बुटवल ४ का ८४ वर्षीय पुरुष, बुटवल ९ का ६१ वर्षीय पुरुष, बुटवल ११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको गौतमले बताए ।
यस्तै अर्घाखाँचीको धातिवाङका ७५ वर्षीय पुरुष, कपिलवस्तुको शिवराज ७ का ४३ वर्षीय पुरुष र शारदा ११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० बैशाख २०७८, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै