म्याड्रिड । स्पेनी ला लिगामा लियोनल मेसीको दुई गोलमा बार्सिलोनाले आइतबार भ्यालेन्सियालाई हराएको छ । बार्सिलोनाले ३–२ ले हराउँदै शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँगको दूरी दुई अंकमा कायम राखेको छ ।
ग्याब्रिएलले भ्यालेन्सियालाई अग्रता दिलाएयता मेसीले दुई तथा एन्टोन ग्रिजमनले एक गोल गरे । भ्यालेन्सियाको अर्को गोल कार्लोस सोलारले गरे । बार्सिलोनाले अर्को शनिबार नु क्याम्पमा एट्लेटिकोविरुद्ध खेल्दै छ ।
यही खेलले लिग–उपाधिको निर्णय गर्न सक्नेछ । एट्लेटिकोको ७६ अंक छ भने उसको पछाडि रियल म्याड्रिड र बार्सिलोनाको समान ७४ अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २० बैशाख २०७८, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यामलले अझै ६ वर्ष बार्सिलोनाबाटै खेल्ने
बार्सिलोनालाई २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि
रियल भल्लाडोलिडलाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा
स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा
बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा