काठमाडौं । विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित वहुमत दावी गरेकै अवस्थामा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवकाे कार्यालय बाहिर धर्ना दिएता पनि ती सबैलाई छक्काउँदै ३६ जनाकाे समर्थनमा सिमित भएका नेता शंकर पाेखरेललाई अहिले राती मुख्यमन्त्रीमा सपथ ग्रहण गराएका छन् ।
बहुमतको आग्रह लत्याउँदै प्रदेश प्रमुख तथा पूर्व एमाले नेता साह अल्पमतका मुख्यमन्त्रीलाई शपथ खुवाउन भूमिगत पाराले मुख्यमन्त्रीकै कार्यालयमा हाजिर भएका थिए ।
पोखरेलले बिहानमात्रै संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
दिउँसोदेखि विपक्षी दलका सांसदहरु आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुखको निवासमा धर्ना दिइरहे पनि साँझ ठुलो संख्यामा सुरक्षाकर्मी बोलाएर प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको निवास लगिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ बैशाख २०७८, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई मन्त्रीले लिए शपथ
नवनियुक्त चार मन्त्रीले लिए शपथ
एक घण्टा पछि सर्यो मन्त्रीहरूको शपथ
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
नवनियुक्त तीन मन्त्रीले लिए शपथ