काठमाडौं । कोरोना महामारीको जोखिमलाई दिदैं नेपाल राष्ट्र बैंक,बैंक तथा वित्तीयले थोरै कर्मचारी राखेर सेवा प्रदान गर्न निर्देशन दिएको छ । बैंकले सेवा प्रवाह गर्दा जोखिमलाई मध्यनजर गर्दै सचेत भएर सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।
नयाँ भेरियन्टको कोरोना भाइरसको जोखिम उच्च रहेकोले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य सम्वन्धी मापदण्डको पालना गर्दै सेवा प्रवाह गर्न आग्रह गरिएको छ । उपलव्ध सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै ‘वर्क फ्रम होम’ र ‘रिमोट एक्सेस’ को प्रयोग गर्न नेपाल राष्ट्र बैंकले निर्देशन भनेको छ ।
त्यस्तै निषेधाज्ञा रहेका स्थानका कार्यालयका हकमा २० प्रतिशतभन्दा कम कर्मचारी उपस्थित भई कार्यसम्पादन गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । आफ्नो व्यवसायीका कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यालयमा उपस्थित नभई नहुने कामका लागि मात्रै कर्मचारी खटाउन भनिएको छ ।
केन्द्रीय बैंकले बिभिन्न निकायबाट जारी हुने निषेधाज्ञाको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा सेवा सञ्चालन गर्न समेत निर्देशन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ बैशाख २०७८, १७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै