मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १६ : १५
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर–६ डुम्रे कुनामा आइतबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका स्थानीय २६ वर्षीय बिराज वाइबाको मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा मृत्यु भएको र उनको शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको प्रहरी निरिक्षक अधिकारीले बताए ।

त्यस्तै, चट्याङ लागेर घाइते भएका स्थानीय ५६ वर्षीय वीरबल वाइबा र ४६ वर्षीय वीरबहादुर वाइबालाई भने उपचारको लागि हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस