मिडिया हाउसको कार्ड दुरुपयोग, अब पत्रकारलाई सूचना विभागको पास अनिवार्य

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, ०८ : ३०
मिडिया हाउसको कार्ड दुरुपयोग, अब पत्रकारलाई सूचना विभागको पास अनिवार्य

काठमाडौँ । मिडिया हाउसको कार्ड दुरुपयोग हुन थालेपछि पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलन गर्न सूचना विभागको प्रेस पासलाई अनिवार्य बनाइएको छ । 

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिँड्न दिने निर्णय गरेको हो । सीसीएमसीका एक अधिकारीका अनुसार मिडिया हाउसको कार्ड जसलाई पनि दिने प्रणालीको विकास हुँदै गयो, यसको दुरुपयोग बढ्यो ।  त्यसकारण सूचना विभागको काड अनिवार्य बनाइएको हो ।