नेपालमा संक्रमण दर भारतको दाँजोमा बढी

पत्रपत्रिकाबाट

आइतबार, १९ बैशाख २०७८, ०७ : २३
नेपालमा संक्रमण दर भारतको दाँजोमा बढी

काठमाडौं । कोरोना संक्रमण दर शनिबार करिब ४० प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ जना अर्थात् ३९.६१ प्रतिशतमा संक्रमण देखिएको छ ।

यो हालसम्मकै उच्च संक्रमण दर हो । यसअघि गत बिहीबार संक्रमण दर ३८.३५ प्रतिशत थियो । ‘केही दिनयता हामीकहाँ संक्रमण दर भारतको दाँजोमा बढी देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा .समीरकुमार अधिकारीले भने ।

कोरोना संक्रमणले शनिबार १९ जनाको मृत्यु भएसँगै एक सातामा ज्यान गुमाएकाको संख्या १ सय ६२ पुगेको छ । हाल सरदर दुई सय जना प्रयोगशाला प्रमाणित संक्रमितमा एक जनाको मृत्यु भइरहेको छ ।

एक सातामा ३१ हजार ८ सय ६ जना पीसीआर प्रमाणित संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ७ सय ६ जनामा संक्रमण पाइएको छ । एक दिनमा संक्रमण पुष्टि भएको यो संख्या पनि हालसम्मकै बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस