काठमाडौं । अमेरिकाले नेपाललाई रु एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ ।
नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताउनुभएको हो ।
आज अपराह्न ट्विट गर्दै उहाँले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत उक्त रकम उपलब्ध गराइने बताउनुभएको छ ।
“कोभिड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आफ्नो मुलुक नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ”, उहाँको ट्विटमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १८ बैशाख २०७८, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स