रिहाइको माग गर्दै  दीप बस्न्यात पुनः सर्वोच्चमा

पत्रपत्रिकाबाट

शनिबार, १८ बैशाख २०७८, ०७ : ५५
रिहाइको माग गर्दै  दीप बस्न्यात पुनः सर्वोच्चमा

काठमाडौं । ललिता  निवास  प्रकरणमा विशेष अदालतको आदेशले थुनामा रहेका अख्तियार  दुरुपयोग  अनुसन्धान  आयोगका  पूर्वप्रमुख  आयुक्त  दीप  बस्न्यातले  रिहाइको   माग   गर्दै   बन्दीप्रत्यक्षीकरणको   निवेदन दर्ता गराएका छन् । 

 विशेषको आदेश बदरको माग गर्दै यसअघि दायर  निवेदन  सर्वोच्चमा  नै  विचाराधीन  रहेको  अवस्थामा  पुनः  बन्दीको  निवेदन  बस्न्यातको  तर्फबाट दायर भएको हो । बस्न्यातका ज्वाईं प्रज्वल अधिकारीको तर्फबाट उक्त रिट दर्ता भएको हो ।

आफू  मुटुसम्बन्धी  रोगको  नियमित  औषधि  सेवन  गरिरहेको,  प्रेसर  तथा  सुगरजस्ता  रोगबाट  पीडित  भएको  अवस्थामा  हाल  कोरोना  सङ्क्रमणसमेत  भएकाले  उपचारका  लागि  थुनामुक्त  गर्न  रिटमा  माग  गरिएको  छ  ।   चिकित्सककै  सल्लाहअनुसार  मुटुको पुनः शल्यक्रियाको आवश्यकता रहेको र हाल कोरोनाका कारण स्वास्थ्य थप जटिल भएकाले थुनामुक्त गर्न माग गरिएको हो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस