काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृत रूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गरेका छन्।
‘कोभिड १९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौतीहरु थपिँदै जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा सङ्क्रमितलाई अस्पताल पु¥याउन समस्या भइरहेको अवस्था छ’, पत्रमा भनिएको छ, ‘त्यसैले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरु जिल्लाभित्र एकीकृतरूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी १०२ नंको व्यवस्था गरिदिन अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ बैशाख २०७८, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन