कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, ०७ : २२
कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण अहिले देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। 

महाशाखाले बिहीबार दिनभर तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरेको छ ।

यस्तै देशका पहाडी भूभागका थोरै स्थानमा  र तराईका एकदुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको पनि जनाएको छ ।

यसैगरी राति पनि देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। पहाडी भूभागका  एकदुई स्थानमा मेघगर्जनसहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस