नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो। बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो।
तर अहिलेको लहरमा भने निरोगी युवालाई समेत धेरै असर पारेको छ। युवाको समेत मृत्युदर बढिरहेको उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनयता मृत्यु भएका दुई युवा ३३ र ३८ वर्षका छन्। त्यस्तै ४९ वर्षका एक व्यक्तिको पनि मृत्यु भयो ।
उनीहरू तीनै जना निमोनिया भइसकेपछि मात्र अस्पताल पुगेका थिए। उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरूमा कुनै पनि दीर्घकालीन रोग नभएको उपचारमा संलग्न डा. अनुप बास्तोलाले बताए।
ह्याम्स अस्पतालमा केही दिनयता मृत्यु भएका दुईजनामध्ये एक कुनै रोग नभएका युवा छन्। उनीहरूको कोरोना निमोनियाले मृत्यु भएको अस्पतालका कोभिड उपचार चिकित्सक डा. राजु पंगेनीले नागरिकलाई जानकारी दिए।
अहिले वार्डमा सिकिस्त भएर भर्ना भएका मध्ये ३५ देखि ५० वर्षभित्रका धेरै रहेको डा. पंगेनीले बताए। नगरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १६ बैशाख २०७८, ०६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु