काठमाडौं । सेयर कारोबार रकम यस साता निरन्तर घटेको छ । साताको पहिलो दुई दिन सेयर कारोबार मापक नेप्से परिसूचक घटेको थियो । त्यसपछि मंगलबार बजार उच्च अंकले बढ्यो भने आज बुधबार बजार घटेको छ । बजारमा निकै ठूलो अंकको घटबढ भइरहे पनि सेयर कारोबार रकम भने निरन्तर घटेको हो ।
आइतबार सेयर कारोबार रकम ७ अर्ब माथि भएकोमा बुधबारसम्म आइपुग्दा ४ अर्ब रुपैयाँ पनि पुगेन । सोमबार ६ अर्ब ५९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने मंगलबार घटेर ५ अर्ब रकम माथि पुग्यो ।
कारोबार रकम घट्ने क्रम चौथो दिन पनि जारी रह्यो । बुधबार ३ अर्ब ९९ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।
मंगलबार उच्च अंकले बढेको नेप्से परिसूचक बुधबार भने कायम रहन सकेन । बुधबार नेप्से परिसूचक १३ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ८५ दशमलव २८ अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १६ अंकले घटेको छ । केही दिन यता लगातार बढिरहेका दुई कम्पनीहरु महिला लघुवित्त वित्तीय संस्था र विशाल बजार कम्पनीको सेयर मूल्य बुधबार पनि उच्च अंकले बढेको छ ।
महिला लघुवित्तको आईपीओ सूचीकृत भएसँगै शुरु भएको बढ्ने क्रम अझै जारी छ । बुधबार महिला लघुवित्तको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ८ सय ४१ रुपैयाँ पुगेको छ । विशाल बजारको पनि ९ दशमलव ९९ प्रतिशतले नै बढेर प्रतिकित्ता ४ हजार ६ सय ३६ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ बैशाख २०७८, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट