पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन आज गण्डकी प्रदेशका ३ जना सांसद र एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमित हुने सांसदहरुमा एमालेका राजिव पहारी र प्रभा कोइराला रहेका छन् भने कांग्रेसका मनकुमारी गुरुङ रहेकी छिन् । प्रदेशको विशेष अधिवेसनको दोस्रो दिन मंगलबार सत्तारुढ एमालेले सांसदको पिसिआर परिक्षण गर्न माग गर्दै संसद अवरोध गरेपछि मंगलबार नै उनीहरुको स्वाब लिएको थियो।
उक्त स्वाब परिक्षण गर्दा ३ जना सांसदको रिपोर्ट पाजेटिभ आएको तर नाम भन्न नमिल्ने प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए। रिपोर्ट पोजेटिभ आएको सांसदको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बस्न सुझाव दिएको शर्माले बताए ।
प्रदेश सभाको जारी अधिवेसनमा कोरोना संक्रमित भएका सांसदले भाग लिन मिल्छ कि मिल्दैन ? भन्ने प्रश्नमा शर्माले भने, ‘संसदले के प्रोटोकल अपनाएको छ, मैले जान्ने कुरा भएन, उहाँहरुको कुरा हो।’ मंगलबार सदन अवरोध भएपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकालाई बोल्न नदिने तर मतदान गर्न दिने सहमति गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ बैशाख २०७८, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल