आजको मौसम :  पहाडी भूभागमा बदली, केही स्थानमा वर्षा

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, ०७ : ५८
आजको मौसम :  पहाडी भूभागमा बदली, केही स्थानमा वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ भने देशका पहाडी भूभागहरुमा आंशिक बदली र रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । 

 मौसम पूर्वानुमान  महाशाखाले बुधबार दिउँसो  देशका पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ । यस्तै पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना पनि रहेको जनाएको छ ।

यस्तै राति देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित क्षणिक बर्षाको सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस