भरतपुर । चितवनमा पछिल्लो २४ घन्टामा ६६ जना कोरोना संक्रमित थपिएका छन् । यस जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४५८ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
थपिएका नयाँ संक्रमितमा भरतपुर महानगरपालिकाका ५२ जना छन् । त्यस्तै, रत्ननगर नगरपालिकाका ७, माडीका ३, खैरहनी र राप्तीका दुई र दुई जना संक्रमित थपिएका रहेका स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले बताए । चितवनका संक्रमित मध्ये ४२१ जना होम आइसोलेसनमा छन् भने ३७ जना संक्रमित अस्पताल भर्ना भएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ बैशाख २०७८, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
चितवन जिल्ला प्रशासनद्वारा राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा सुरु
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी