काठमाडौँ ।जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताहरुबीच केन्द्रीय कार्यकारिणी बैठक बोलाउने विषयमा विवाद भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको शीर्ष नेताहरुको अनौपचारिक छलफलमा केन्द्रीय कार्यकारिणी बैठक बोलाउने वा नबोलाउने बिषयमा विवाद भएको हो ।
छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई सहभागी थिए । जसपाका एक नेताका अनुसार भट्टराई र यादव तत्काल कार्यकारिणी बैठक बोलाएर सरकार गठनबारे निर्णय गर्ने प्रस्ताव गरेका थिए ।तर, ठाकुर र महतो बैठक बोलाउने पक्षमा नदेखिएपछि नेताहरुबीच सहमति जुट्न नसकेको हो ।
नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ गठबन्धनबारे जसपाको औपचारिक निर्णय मागेका थिए । जसपामा ठाकुर र महतो केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादवपक्ष ओलीविरुद्धको गठबन्धनको पक्षमा छन् ।
तर, जसपाले औपचारिक निर्णय नगरे पनि कांग्रेस र माओवादीले भने अविश्वास प्रस्ताव अगाडि बढाउने तयारी गरेका छन् । जसपामा ठाकुर र महतोले ओलीलाई समर्थन गरे भट्टराई र यादवपक्षले आफूहरुलाई सहयोग गर्ने अपेक्षा कांग्रेस र माओवादीको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ बैशाख २०७८, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै