मास्क नलगाउनेलाई सडकमै थुनामा

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १६ : ५७
मास्क नलगाउनेलाई सडकमै थुनामा

काठमाडौँ । मास्क नलगाउनेलाई सडकमै घेराभित्र राखिएको छ । नेपाल प्रहरीले कोरोनाको बिगबिगीमा समेत मास्क नलगाई बाहिर निस्केकालाई ठाउँको ठाउँ कारबाही शुरु गरेको छ ।

संक्रमण तीब्र गतिमा फैलिइरहेको सन्दर्भमा राजधानी काठमाडौंमा दुई दिनपछि निषेधाज्ञा लगाउने तयारी प्रशासनले गरिरहँदा प्रहरीले सचेतना बढाउने भन्दै मास्क नलगाई हिँड्नेलाई पक्रेर घेराभित्र थुनामा राखेको छ । सोमबारमात्र काठमाडौँको मूल सडकमा १ सय २५ जना पुरुष र १२ जना महिलालाई घेराभित्र सडकमै प्रहरीले थुनाभित्र राखेको थियो । 

प्रतिक्रिया दिनुहोस