काठमाडौं । सोमबार नेप्सेले तीब्र उतारचढाव सामना गर्यो । आइतबार ७५ अंकले घटेको बजार सोमबार पनि क्षणमा घट्ने बढ्ने भइरह्यो ।आजको बजार ६५.५८ अंकले घट्दै बन्द भएको छ । आज २.५५ प्रतिशत घट्दै नेप्से २५०६.६२ विन्दुमा रोकिएको छ ।
आज १ करोड २९ लाख ११ हजार ७२१ कित्ताको कारोबारमा ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २०२ रूपैयाँ बराबरको कारोबार भएको छ । घटेको बजारमा विशाल बजार र महिला लघुवित्तको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ । आज माथिल्लो तामाकोशीको शेयर सबैभन्दा धेरै ३१ करोड रूपैयाँ बराबरको कारोबार भयो ।
यसैगरी, नेपाल इन्फ्रास्ट्रकचर बैंकको २५ करोड र पुनर्बीमा कम्पनीको २० करोड बराबरको सेयर कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो भएको छ ।सबैभन्दा धेरै हाइड्रो पावरको समूह ४.०४ प्रतिशतले घटेको छ । यसैगरी व्यापार समूह ३.५८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ बैशाख २०७८, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो