काठमाडौं । कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै सरकारले नागरिकलाई र जिम्मेवार र अझ संवेदनशील बन्न आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेरअघि सूचना निकालेर संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाँउसम्म नहुने जनाएको छ ।
‘कोभिड १९ ले हाल छिमेकी देशहरुमा स्वास्थ्य सेवा प्रवाह प्रणाली समेत तहसनहस पारी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र कोभिड १९ को संक्रमितहरुलाई अस्पतालमा राखेर हेरचार गर्न नसकिएको हृदयविदारक घटना हानै आँखा अगाडि देखिरहेका छौं’,मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीको हस्ताक्षरमा जारी सूचनामा भनिएको छ, ‘यो महामारीले हालै देशका विभिन्न स्थानहरुका समेत उस्तै किसिमका दःखद अवस्था आइसकेको देख्दादेख्दै पनि हामी सबैले संक्रमण रोकथाम गर्न सक्ने भूमिकाहरूका निर्वाह गरेका छैनौं ।’
शनिबारमात्र नेपालमा थप २ हजार ६१८ संक्रमित थपिएका थिए । भने २४ घण्टामा थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकव छ । नेपालमा हाल सक्रिय संक्रमित संख्या १६ हजार ८२८ छन् ।अहिलेको संक्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्त जोखिमपूर्ण देखिएको भन्दै मन्त्रालयले संक्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार बन्न र बनाउन सबैलाई अनुरोध गरेको छ ।
‘संक्रमण रोकथामको लागि नेपाल सरकारले तोकेका मापदण्डहरु निर्विकल्प उपाय हुन् । संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाँउसम्म हुने छैन । त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि विचलिन हुन नदिऔं, खबरदारी गरौं । आफूले अरु सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हातको सरसपाइमा ध्यान दिने गरौं’ ,सूचनामा भनिएको छ ।
मन्त्रालयले व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिनुहुन, सार्वजनिक समारोहहरू र सार्वजनिक स्थलमा कार्यक्रमहरु नगर्नरनगराउन र सहभागी नबनिदिनहुन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ बैशाख २०७८, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवार परिसरमै सारिँदै स्वास्थ्य मन्त्रालय
नर्सिङको तलब सरकारी सरह नघट्ने गरी लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयको काम एनएचआरसीको नयाँ भवनबाट हुने
पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह