फ्लोर क्रस गर्नसक्ने आशंकामा एमालेले गर्यो चार नेतालाइ सांसदबाट निलम्बन

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १४ : १०
फ्लोर क्रस गर्नसक्ने आशंकामा एमालेले गर्यो चार नेतालाइ सांसदबाट निलम्बन

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आज महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका थिए। बैठकले पार्टीलाई अपूरणीय क्षति पुर्‍याउन लागेको ठहर गर्दै माधव नेपाललगायत केही नेतालाई तत्कालै सांसद पदबाट निलम्बन गर्नेबारे निर्णय लिने एमाले स्रोतले जनाएको छ।

स्पष्टीकरण सोधिएका २७ जनामध्ये केहीलाई कारबाही गर्ने एमालेको तयारी छ। झलनाथ खनाल, माधव नेपाल, भीम रावललगायतका नेताहरूमाथि कारबाही नगर्दा थप क्षति हुने भएकाले सांसद पदबाट निलम्बन गरी संसदका गतिविधिहरूमा भाग लिन नदिने दलको विधानअनुसार अघि बढ्नेबारे छलफल भइरहेको एमाले स्रोतले जनाएको छ।

कांग्रेस र माओवादी मिलेर सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि ओलीले नेपालनिकट सांसदहरुलाई निलम्वन गर्ने तयारी थालेका हुन्। नेपाल समूहका सांसदहरुले फ्लोर क्रस गर्नसक्ने भन्दै ओलीले निलम्वनको प्रक्रिया अगाडि बढाएको स्रोतले जनाएको छ।

एमाले स्रोतका अनुसार नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई सांसद पदबाट पनि हटाउने अन्तिम तयारी गरिएको छ। वैशाख १० गते बसेको महाधिवेशन आयोजक समितिको बैठकले कार्वाहीको अधिकार पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई दिइएका कारण अजै निर्णय हुनसक्ने बताइएको छ।

एमालेले चार नेताका साथै थप ३ नेतालाई पनि कार्वाहीको तयारी थालेको स्रोतले बतायो। पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल, नेताहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलाई पनि आज नै हटाउन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस