काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा आज बेलुका भएको सवारी दुर्घटनामा परी अटोमा सवार एक पुरुषको मृत्यु भएको छ ।
पश्चिमबाट हेटौँडा आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रकले ना १ ह ७१९४ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार मकवानपुर मनहरी–९ का अन्दाजी ३०÷३५ वर्षीय कुमार मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अटोमा सवार अन्य दुई जना घाइते भएको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १० बैशाख २०७८, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते