काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा आज बेलुका भएको सवारी दुर्घटनामा परी अटोमा सवार एक पुरुषको मृत्यु भएको छ ।
पश्चिमबाट हेटौँडा आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रकले ना १ ह ७१९४ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार मकवानपुर मनहरी–९ का अन्दाजी ३०÷३५ वर्षीय कुमार मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अटोमा सवार अन्य दुई जना घाइते भएको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १० बैशाख २०७८, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते