डोटी । सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार ढुङ्गा लागेर मृत्यु हुनेमा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–६ रौकल्लाका ४५ वर्षीय नरी साउद रहेका छन् ।
खातिवडा–चिचकाट्टे–दल्लेख सडक निर्माणका क्रममा सुप्रप ०१००१ क १५३६ नम्बरको जेसिबीले सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर साउदको घटनास्थलमै ज्यान गएको हो ।
जेसिबिका चालक कैलालीको गोदावरी नगरपालिका अत्तरीयाका २२ वर्षीय शेर जोरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १० बैशाख २०७८, १७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु