ढुकुटी रित्तो, परिसूचक नकारात्मक, कांग्रेसले देशको ढुकुटी रित्तो बनाएको आरोप

पत्रपत्रिकाबाट

शनिबार, १७ चैत्र २०७४, ०८ : १९
ढुकुटी रित्तो, परिसूचक नकारात्मक, कांग्रेसले देशको ढुकुटी रित्तो बनाएको आरोप


काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको ढुकुटी लगभग रित्तो अवस्थामा पु¥याएको भन्दै वर्तमान सरकारले २ खर्ब बढीका आयोजना कार्यान्वयन गर्न नसक्ने बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक श्वेतपत्र जारी गर्दै देउवा नेतृत्वको सरकारले राज्यको ढुकुटीमा रहेको स्रोत परिचालनमा वित्तीय अनुशासनको सीमा तोडेको कारण कतिपय आयोजना कार्यान्वयनमै लैजान नसक्ने अवस्था आएको दाबी गरे । राजधानी दैनिकमा खबर छ ।

उनले अहिलेकै अवस्थामा चालू आर्थिक वर्षको बजेटमा समेटिएका २ खर्ब रुपैयाँभन्दा बढीका आयोजना स्रोत बाहिरबाट समावेश गरिएकाले ती आयोजना कार्यान्वयनमा लैजान नसक्ने घोषणा गरेका हुन् ।

‘पूर्ववर्ती सरकारले बिनास्रोत हचुवाको भरमा बजेट सार्वजनिक गरेकाले चालू वर्षको बजेटमा समेटिएका केही आयोजना कार्यान्वयनमा लैजान नसक्ने अवस्था आयो,’ उनले भने, ‘सरकार स्वयंले बजेट अनुशासन उल्लंघन गर्दा यस्तो स्थिति सिर्जना भएको हो ।’ पछिल्लो समयमा मुलुकको प्रायः सबैजसो आर्थिक परिसूचकहरू नकारात्मक रहेको भन्दै उनले आर्थिक सुधारका लागि अझै केही सम्भावना भने बाँकी रहेको बताए ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको शुक्रबारको बैठकमा देशको आर्थिक अवस्थाबारे जानकारी दिएपछि अर्थ मन्त्रालयमा सार्वजनिक गरिएको श्वेतपत्रमार्फत अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए । अर्थतन्त्रको यथार्थ विश्लेषणबाट मात्र अगाडिको मार्ग तय गर्न सकिने उल्लेख गर्दै उनले अहिले अनौपचारिक अर्थतन्त्र मौलाएकाले राजस्वको दायरा खुम्चिएको बताए ।
गठबन्धन घोषणापत्र कार्यान्वयन
                निजीकरण नीति असफल
                अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा
                बजेटका २ खर्बका कार्यक्रम स्रोतविहीन
                ६५ वर्षमा वृद्धभत्ता र भूकम्पपीडितले थप १ लाख नपाउने
                वित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा केन्द्रित
                अनौपचारिक अर्थतन्त्र मौलायो, राजस्वको दायरा खुम्चियो

प्रतिक्रिया दिनुहोस