काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सङक्रमित दुई जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित बझाङ जिल्लाका ४८ वर्षीय पुरुष र अछाम जिल्लाका ६५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।
मृतक दुवै जनाको एन्टिजेन परीक्षण गर्दा कारोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो । निर्देशनालयको तथ्याङ्कका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी जिल्लाका गरी थप ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
विभिन्न अस्पतालको सघन उपचार कक्षमा १० जना र तीन जनाको भेन्टिलेटरमा राखेर उपचार व्यवस्थापन भइरहेको छ । प्रदेशमा कोभिड–१९ का ३७८ जना सक्रिय बिरामीमध्ये ७५ जना विभिन्न अस्पतालका आइसोलेशनमा र अन्य सक्रिय सङ्क्रमित स्थानीय तहका आइसोलेशनमा रहेका छन् ।
भारतमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै गएसँगै सुदूरपश्चिम प्रदेशमा पनि यो रोगको सङ्क्रमणदर पछिल्ला दिनमा उकालो लागेको छ । भारतबाट फर्किनेमा यो रोगको सङ्क्रमण बढी देखिएको जनाइएको छ ।
नेपाल फर्किनेमा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको पत्ता लगाउन सीमा क्षेत्रका ‘हेल्थ डेस्क’ मार्फत एन्टिजेन परीक्षण गर्ने कार्य भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लालाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम जिल्लाका रुपमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०९ बैशाख २०७८, २० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु