स्वैच्छिक अवकाश कार्यक्रम स्थगित, राजीनामा दिने मनस्थितिमा कर्मचारी

पत्रपत्रिकाबाट

शनिबार, १७ चैत्र २०७४, ०८ : १७
स्वैच्छिक अवकाश कार्यक्रम स्थगित, राजीनामा दिने मनस्थितिमा कर्मचारी


काठमाडौं ।  सरकारले कर्मचारी स्वैच्छिक अवकाश कार्यक्रम हाललाई स्थगित गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी स्वैच्छिक अवकाश कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएका छन् ।

मन्त्री पण्डितले स्वैच्छिक अवकाश कार्यक्रम हाललाई स्थगित गरिएको र बृहत् छलफलपछि आवश्यक निर्णय लिइने बताए । सरकारले अवकाश कार्यक्रम रोकेपछि कर्मचारी समायोजन ऐनको व्यवस्थाअनुसार स्वैच्छिक अवकाशका लागि निवेदन दिएका हजारौं कर्मचारीहरुले भने राजीनामा दिने मनस्थिति बनाएका छन् ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस