एन्टिरेबिज भ्याक्सिनको मौज्दात सकियो

पत्रपत्रिकाबाट

शनिबार, १७ चैत्र २०७४, ०८ : १५
एन्टिरेबिज भ्याक्सिनको मौज्दात सकियो

काठमाडौं । स्वास्थ्य सेवा विभागले समयमै औषधि खरिदप्रक्रिया अघि नबढाउँदा एन्टिरेबिज भ्याक्सिनको मौज्दात सकिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागल महानिर्देशक पद रिक्त रहेका कारण औषधि खरिदप्रक्रिया अघि नबढेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार करिब १५ दिनलाई पुग्ने एन्टिरेबिज भ्याक्सिन मात्रै मौज्जात छ । तर, दिनहुँ कुकुरले टोकेका बिरामीको संख्या बढेकाले यो पनि चाँडै सकिने अवस्था छ ।, नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस