परकम्प जाने क्रम अझै रोकिएन, यस्ता पराकम्प कहिलेसम्म गइरहन्छ ?

पत्रपत्रिकाबाट

शनिबार, १७ चैत्र २०७४, ०८ : १५
परकम्प जाने क्रम अझै रोकिएन, यस्ता पराकम्प कहिलेसम्म गइरहन्छ ?


काठमाडौँ । मुलुकमा ठूलो भूकम्प गएको झण्डै तीन वर्ष बितिसक्दा पनि भूकम्पका पराकम्प जाने क्रम अझै रोकिएको छैन । २०७२ वैशाख १२ भन्दा अगाडि जाने भूकम्पको पराकम्पको तुलनामा अहिले पाँच गुणा वृद्धि भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गोरखापत्र दैनिक लेख्छ- राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकरीले विनाशकारी भूकम्प गएको २०७२ वैशाख १२ गतेपछि नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको जानकरी दिए  ।
उनका  अनुसार, गोरखा केन्द्रबिन्दु भएर गएको २०७२ सालको सो भूकम्पपछि नेपालमा अहिलेसम्म साना ठूला गरी ४५ हजारभन्दा बढी पराकम्प गइसकेको छ, जसमध्ये चार रेक्टर स्केलभन्दा ठूला करिब पाँच वटा पराकम्प रहेका छन् ।   ।
मुलुकमा यस्ता पराकम्प कहिलेसम्म गइरहन्छ भने जिज्ञासामा केन्द्र प्रमुख अधिकारीले अहिले गइरहेका पराकम्प वैशाख १२ गते र जेठ २९ गते गएका भूकम्पका पराकम्प हो, यस क्षेत्रमा भूकम्पका यस्ता पराकम्प कहिलेसम्म जान सक्छ भन्न नसकिने स्पष्ट पारे ।
विश्वमा ठूला–ठूला भूकम्प गएका ठाउँमा फरक–फरक समय र किसिमले पराकम्प जाने गरेको बताउँदै उनले  पराकम्प गएको कुनै निश्चित समय नदेखिएको जानकारी दिए  । उनका  अनुसार केही वर्षका लागि २०७२ सालमा केन्द्रबिन्दु भएर भूकम्प गएको क्षेत्रबाहेकको ठाउँमा नेपालभरि नै ठूला भूकम्प जाने सम्भवाना सधैँ कायम नै रहन्छ ।

प्रतिक्रिया दिनुहोस