ओली-नेपालको वार्ता डेढ घन्टामै सकियो

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १६ : २४
ओली-नेपालको वार्ता डेढ घन्टामै सकियो

फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता डेढ घन्टामै सकिएको छ ।  नक्सालको होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता सकिएपछि उनीहरु निस्केका हुन् । सञ्चारकर्मीमाझ उनीहरुले केही बताएनन् ।  

बुधबार साँझ भएको वार्तामा भने ठोस सहमति जुट्न नसकेको हुनाले बिहीबार पनि वार्ता बसेको हो । वार्ता सफल भयो या भएन भन्ने विषयमा केही कुरा बाहिर आएको छैन । 

पार्टी अध्यक्ष ओलीले माधवकुमार नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट दुई नेताबीच वार्ता भएको हो । सत्तारुढ दल नेकपा एमालेमा भित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्तालाई महत्वको साथ हेरिँदै आएको छ । कार्यकर्तामा उत्साह जागेको छ । वार्ता सफल नभए फेरि थप निराशा हुनेछ । 

भेटपछि दुबै नेता प्रफुल्ल मुद्रामा होटलबाट बाहिरिएका कारण सबैले वार्ता सकारात्मक भएकोृ अनुमान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस