मकवानपुरमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १६ : २४
मकवानपुरमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको चुरियामाई मन्दिर नजिकै मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहिबार बिहान करिव ६ बजेको समयमा चुरियामाई मन्दिर नजिकैको ओरालोमा बा ८६ प१६३२ नम्बरको मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गतको बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर–२२ चुरियामाई मन्दिरको ओरालोमा मोटरसाईकल दुर्घटना हुँदा भारत सीतामणि घर भएका सन्तोष ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जनकारी दिए ।

प्रतिक्रिया दिनुहोस