काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुचित ढंगले कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्ने प्रयास भएको भन्दै त्यो क्रियाकलाप अहिले पनि जारी रहेको बताएका छन् । पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अहिले पनि फ्लोर क्रस गर्ने तथा पार्टी हितविपरितका गतिविधिलाई जारी राखेको भन्दै ओलीले आक्रोश पोखे ।
‘पार्टीकै नाउमा पार्टीभित्रबाट कहीँ फ्लोर क्रस गर्ने, नेपालको संसदीय आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संसदीय इतिहासमा यति साह्रो अराजक, यस्तो दृश्य कहीँ कतैपनि देखिएको छैन’ बिहीबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय शिलान्यास कार्यक्रममा बोल्दै ओलीले भने, ‘बरु अलग भएका छन्, पार्टीभित्रै बस्ने, अनुशासनहीन काम गर्ने, फ्लोर क्रस गर्ने र कम्युनिस्ट पार्टीलाई गर्व गरेका छन् ।’
यस्ता प्रवृत्तिका विरुद्ध पार्टी जुधिरहेको भन्दै ओलीले विगतमा आफूहरुलाई उनले नेपालले देशभर नयाँ पार्टी खोलेर हिँडेको आरोप लगाएका छन् । उनले नेपाल समूहले पार्टीमा उपद्रो गर्दै आएपनि भरसक अहिलेपनि आफूहरु सम्झाउने प्रयासमा रहेको बताए । ‘हाम्रा विरुद्ध कति गरे ? तर अहिले उनीहरुले यति उपद्र गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि, अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाइबुझाइ गर्ने प्रयास गरिरहेका छौं’, उनले भने, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउनेमा छ, सच्याउनेमा छ । अहिले पनि भरसक पार्टीमा क्षति नहोस् भन्ने छ । ’
पार्टीमा अनुशासनहीनता चल्ने नभन्दै ओलीले अनुशासनहीनता र अराजकतासँग कुनैपनि हालतमा सम्झौता हुन नसक्ने बताए । ‘पार्टीविरोधी र गुटगत गतिविधिमा कुनैपनि हालतमा सम्झौता हुन सक्दैन’, व्यक्तिगत तबरमा कुराकानी हुनसक्ने भएपनि अब पार्टीभित्र गुटगत गतिविधि चल्दैन’ । उनले तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड (हाल माओवादी केन्द्र अध्यक्ष) र नेता नेपालले आफूलाई ‘टाउकोमा हानेर रन्थन्याउने नीति’ लिएको भन्दै कटाक्ष गरेका छन् ।
प्रचण्ड र नेपालहरुमा चरम महत्त्वकाँक्षा र संकीर्ण मानसिकताले आफूलाई कम्युनिस्ट पार्टीको साधारण सदस्यबाटै हटाउने दुस्प्रयास भएको पनि स्मरण गरे । आफू ५६ सालदेखि कम्युनिस्ट पार्टीको सदस्य रहेको उल्लेख गर्दै कठीन परिस्थितिमा आन्दोलनलाई माथि उठाउन भूमिका निर्वाह गरेकाले कसैले कथित कारबाही गर्दैमा हट्ने कुरा नहुने बताए । ओलीले भने, ‘म ५६ वर्ष अगाडिदेखि कम्युनिस्ट आन्दोलनमा लागेको छु, ५० वर्ष अगाडि एउटा नयाँ आन्दोलन सुरु गरेर लागेको छु । तर ममाथिबाट हमला सुरु भयो । हमला पनि यस्तो भयो कि साधारण सदस्यबाटै निष्काशन गरियो ।’
उनले अगाडि थपे, ‘उद्घोष थियो केपी ओलीलाई पत्तासाथ बनाइयो, भित्तामा टसाइदिन्छु । धूलोमा मिलाइदिन्छु । धूलोमा मिलाए । ममाथि किन त्यस्तो आक्रमण थियो भने टाउकोमा हान्ने हो भने शरीर सग्लै भएपनि रन्थनिने भयो नि । त्यसरी टाउकोमा हान्ने नीति उनीहरुमा रह्यो र नेतृत्वदेखि शीर्ष नेतालाई कारबाहीमा पारियो ।’ उनले सो कारबाहीलाई कथाकथित कारबाहीको संज्ञा दिँदै आन्दोलनलाई ध्वस्त पार्ने निष्कृट प्रयास भएको र त्यो परिस्थितिलाई आफूहरुले पार गरेर आएको बताए ।
विभिन्न शक्तिहरु हाम्रा विरुद्ध छन् । पार्टीलाई अलोकप्रिय बनाउन लागेका छन् । विभिन्न मेहनतका साथ पार्टीलाई दुई तिहाइको स्थितिमा पुर्याएका थियौं ।
केही व्यक्तिको चरम महात्वकांक्षा, कसैले सफलता पाएको देख्न नसक्ने , सफलताको चर्चा सुन्न नसक्ने , संकृण प्रवृत्तिहरुले हाम्रा उपलब्धिहरुमाथि हमला गरे ।
त्यो संगठित हमला कति निर्मम थियो ? शासनमा यदि भएको भए के गर्थे होला ? म ५६ वर्षदेखि कम्युनिस्ट आन्दोलनमा लागेको छु । जतिबेला आन्दोलन छिन्नभिन्न भयो । साधारण सदस्य समेतबाट मलाई हटाइयो । उद्घोष थियो केपीओलीलाई पत्ता साफ गराइयो, धुलोमा मिलाइदिन्छु ,। टाउकोमा हान्दिएपछि त सन्थनिने भयो नि अथवा ढाल्ने । नेतृत्वदेखि प्रहरार गर्ने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ बैशाख २०७८, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली मेड्रिटमा