पार्टी विभाजन नगर्न सांसदको दबाब

पत्रपत्रिकाबाट

विहीबार, ०९ बैशाख २०७८, ०७ : ३०
पार्टी विभाजन नगर्न सांसदको दबाब

काठमाडौं । एमालेको माधव नेपाल पक्षका अधिकांश सांसद पार्टी विभाजन हुनु नहुने पक्षमा देखिएका छन् । बुधबार बिहान नेपाल पक्षका सांसदको बैठक बसेको थियो । बैठकमा सहभागी प्रायः सबैले नयाँ दल बनाउनेतिर नलागी एमालेभित्रै संघर्ष गरेमात्रै उपलब्धि हुने बताएका थिए ।

सांसदको बैठकपछि स्थायी कमिटीका सदस्यको बैठक बसेको थियो । स्थायी कमिटी बैठकमा सांसदको बैठकबारे घनश्याम भुसाललगायतका नेताले ब्रिफिङ गरेका थिए ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मंगलबार नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए ।

नेपाल पक्षीय सांसदलाई नयाँ दल गठन गर्न लागेको, पार्टीहित विपरित कार्य गरेको भन्दै दुई दिनभित्र स्पष्टिकरण बुझाउन उनले निर्देशन दिएका थिए । नेपाल पक्षले पनि समयभित्रै स्पष्टीकरण बुझाउन तर पार्टी विभाजन नगर्ने बताएका थिए ।  नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस