काठमाडौं । काठमाडौँको गोङ्गबुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबु चोकमा प्रदेश नं ३–०१–००१ क ५३५२ नम्बरको मिनिट्रकले बा ६५ प ६७१६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सर्लाही विष्णु गाउँपालिका–२ की १८ वर्षीया शिल्पा ठाकुरको आज मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते ठाकुरको उपचारका क्रममा ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा उदयपुर कटारिकी १८ वर्षीया क्रिस्मा विष्ट घाइते भएकी छन् । घाइते विष्टको ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा उपचार भइरहेको प्रहरीको भनाइ छ । फरार रहेका मिनिट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०८ बैशाख २०७८, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु