काठमाडौं ।नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्रदेशस्तरीय तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ ।तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले आज एक विज्ञप्ति जारी गरी देशभर दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएकोले विभिन्न प्रदेशमा गर्न लागिएको तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगित गरिएको बताए ।
तरुण दलले आगामी वैशाख १२ र १३ गते गण्डकी प्रदेशको पोखरा र जेठ १ र २ गते प्रदेश नं २ को बारामा प्रदेश सम्मेलन तोकिएको थियो ।कोरोना सङ्क्रमण नियन्त्रणमा आएर सामाजिक वातावरण सहज भएपछिे नयाँ मिति तोकेर प्रदेश सम्मेलन आयोजना गर्ने दलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०८ बैशाख २०७८, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
विपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
माओवादी पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित
स्वास्थ्यका कारण प्रधानमन्त्री संसदमा नजाने, सांसदसँगको प्रश्नोत्तर स्थगित